Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

झापा, १७ असार २०८३। झापाको मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित कुलोमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मंगलबार दिउँसो करिब ३ः४५ बजे कुलोमा घोप्टो परेको अवस्थामा पुरुषको शव देखेपछि स्थानीयले प्रहरी चौकी सतिघट्टालाई जानकारी गराएका थिए।

प्रहरीका अनुसार मृतक करिब ५० वर्षीय संजय सोरेन रहेको खुलेको छ। उनी विगत ६–७ वर्षअघि भारतको आसामबाट आएर सोही क्षेत्रमा विभिन्न घरमा काम गर्दै बस्दै आएका थिए। उनको नेपालमा स्थायी बसोबास नभएको र जुन घरमा काम गर्थे, त्यहीँ बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मृतककी १२ वर्षीया छोरी सुमी सोरेन भने मेचीनगर–७ निवासी मेघनाथ चौधरीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीले साँझ करिब ६ः३० बजे कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया