Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

जेबि खड्का
गौरादह, १७ असार २०८३ । गौरादह नगरपालिका वडा नं.२ र वडा नं.८ ले आर्थिक बर्ष २०८२/०८३ मा वडा भित्र गरेका बिकाश निर्माण कार्यको विवरण वडावासीहरु माझ सार्वजनिक गरेका छन।वडाले वडा स्तरीय सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रम आयोजना गरि वडा बासीहरु माझ सार्वजनिक गरेको हो। वडा नं.२ ले नगरपालिकाको सभाहलमा र वडा नं.८ ले वडा कार्यलयको सभाहलमा सार्वजनिक गरेका थिए।

सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं.२ का वडाध्यक्ष गोपाल प्रसाद कोईरालाले सिमित स्रोत र साधान भएतापनि वडा स्थानीय सरकारले वडा बासिहरुका बिकाश निर्माणका काम तिब्र रुपमा गरेको धारणा राखेका थिए। नगरपालिकाबाट बिनियोजित बजेट र वडा सिलिङ बजेटलाई वडाको बिकाशमा पूर्णरुपमा सदुपयोग गरेको बताएका थिए। वडाध्यक्ष कोईरालाले बिगतका कामको समिक्षा र आगामी आर्थिक बर्षमा वडाले गर्नुपर्ने कामका बारेमा सुझाव समेत मागेका थिए। वडा सदस्य शंकर कट्टेलले आर्थिक बर्ष २०८२/०८३ मा वडाले गरेका बिकाश निर्माण कार्यको जानकारी गराएका थिए। सदस्य कट्टेलले आर्थिक बिकाश, पुर्वाधार बिकाश, मर्मत तथा सम्मार, सामाजिक बिकाश, खेलकुद,बन वातावरण तथा बिपद व्यवस्थापन, सुशासन तथा क्षमता बिकाश, सडक बत्ती ब्यबस्थापनका बिषयमा वडा वासिलाई जानकारी गराएका थिए। वडा सदस्य उत्तम कुमार बस्नेतले कृषि क्षेत्रमा वडाले गरेका कामको जानकारी गराएका थिए। वडा नं. २ कि वडा सचिब प्रभा दाहालले वडाको प्रशासनिक कामको जानकारी गराउदै राजस्व संकलनको बारेमा जानकारी गराएकी थिइन । वडा सचिब दाहालले घटना दर्ता प्रतिबेदन, वडाबाट दिइने विभिन्न शिर्षकका सेवा, सामाजिक सुरक्षा भत्ता सम्बन्धि सेवा प्रवाह को जानकारी गराउदै आर्थिक बर्ष २०८२/०८३ मा वडा नं.२ मा ३७ लाख १ हजार ४ सय ६८ रुपैयाँ राजस्व संकलन भएको जानकारी गराएकी थिइन। वडा सदस्य बिमला बाँस्तोलाले स्वागत मन्तब्य राखेको कार्यक्रममा वडा सचिब दाहालले कार्यक्रम संचालन गरेकी थिइन।

वडा नं.८ का वडाध्यक्ष गणेश कुमार राजवंशीले आफ्नै कार्यलयको सभाहलमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाको योजना तथा कार्यक्रमको जानकारी गराएका थिए। वडाध्यक्ष राजवंशीले आर्थिक बर्ष २०८२/०८३ मा वडाबाट प्रवाह भएका कार्यक्रमहरु आर्थिक बिकास,पुर्वाधार बिकास, कृषि, मर्मत सुधार, सामाजिक बिकास,खेलकुद, बन वातावरण तथा बिपद व्यवस्थापन, सुशासन तथा क्षमता बिकास, सडक बत्ती व्यवस्थापनका बिषयमा वडा वासिलाई जानकारी गराएका थिए। वडाका कर्मचारी नविन कुमार ठाकुरले वडाबाट गरिने प्रशासनिक कामको जानकारी गराउदै आर्थिक बर्ष २०८२/०८३ मा वडाबाट २९ लाख १५ हजार ३ सय ९५ रुपैयाँ राजस्व संकलन भएको जानकारी गराएका थिए। वडा सदस्य हेमन सरि राजवंशीले स्वागत मन्तब्य राखेको कार्यक्रममा वडा सचिब बिष्णु लामिछानेले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया