Online Bichar
सोमबार, आषाढ ०१, २०८३ | Monday, June 15, 2026

बुटवल, १ असार २०८३ । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सरकारको बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार असार १ गते बसेको प्रदेशसभा बैठकमा मन्त्री कार्कीले आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानसहित बजेट वक्तव्य प्रस्तुत गरेका हुन् । बजेटसँगै विनियोजन विधेयक र आर्थिक विधेयक पनि प्रदेशसभामा पेस गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा प्रदेश गौरवका आयोजनाहरूलाई निरन्तरता दिँदै बहुवर्षीय तथा क्रमागत योजनाको कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ । त्यसैगरी कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार विकास तथा सुशासन प्रवर्द्धनका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको बजेटमार्फत विकास निर्माणका कामलाई गति दिने, उत्पादन र रोजगारी अभिवृद्धि गर्ने तथा नागरिकलाई गुणस्तरीय सेवा प्रवाहमा जोड दिइएको जनाईएको छ ।

 

तपाईको प्रतिक्रिया