Online Bichar
शनिबार, जेठ १६, २०८३ | Saturday, May 30, 2026

झापा, १६ जेठ २०८३ । झापाको मेचीनगर नगरपालिका–१२ सयरडागी चोकमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार जेठ ११ गते राति करिब ७ः३० बजे मेची राजमार्ग खण्डमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र।१–०१–०१२ प ६३५३ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी मेचीनगर–१३ निवासी ४४ वर्षीय निमा तामाङको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको थियो।

आर्थिक अभावका कारण डिस्चार्ज लिएर पुनः उपचारका लागि मेची आम्दा अस्पताल, धुलाबारी लगिएकोमा १५ जेठमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको शव सोही अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया