काठमाडौं, १५ जेठ २०८३ । सरकारले उद्योगको विकासको लागि विद्युत्को डिमान्ड शुल्क पुनरवलोकन गर्ने जनाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गदै उक्त जानकारी दिए ।
यस्तै, विद्युत् महसुलमा समेत छुट दिने वाग्लेले जानकारी दिए । उद्योगीले औद्योगिक र विशेष आर्थिक क्षेत्र सबै लिजमा उपलब्ध गराइने जग्गामा निर्मित जग्गालाई बैंकिङ प्रयोजनको लागि धितो राख्न सक्ने जानकारी दिए ।





