Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठ्माडौं, ९ मंसिर २०८२ । इथियोपियामा भएको ज्वालामुखी विस्फोटका कारण नेपालबाट हुने दुई हवाई उडान रद्द गरिएको छ ।

नेपालबाट मंगलबार बिहान १० र ११ बजे हुने तालिका रहेको कतार एयरवेजका दुई उडान उक्त ज्वालामुखीका कारण खरानी उड्दा रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

ती उडान मंगलबारै राति १२ बजेपछि मात्र हुने कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

“ज्वालामुखी विस्फोटका कारण खरानी उडेपछि कतार जाने दुई उडान रद्द भएको छ,” उनले बाह्रखरीसित भने, “उताबाट आउने पनि रद्द भएको छ । सबै उडान राति १२ बजेपछि सुचारु हुने कम्पनीले जानकारी दिएको छ ।”

कतारबाहेकका अरू उडान अवरुद्ध नभएको उनले बताए ।

तपाईको प्रतिक्रिया