Online Bichar
शनिबार, जेठ १६, २०८३ | Saturday, May 30, 2026

झापा, ८ साउन २०८२ । झापाको कन्काई नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । पूर्वपश्चिम राजमार्गदेखि दक्षिणपट्टि शिवसताक्षी ११ घर भई हाल कन्काई-४ मा बस्दै आएका ६० वर्षका चन्द्र शिवाकोटीको मृत्यु भएको हो । आज बिहान ५:३० बजेतिर उनी बाटो किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । अविवाहित रहेका शिवाकोटीले रंग लगाउने काम गर्दै आएका थिए । उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया