Online Bichar
बुधबार, भाद्र १०, २०८३ | Wednesday, August 26, 2026

काठ्माडौं, २५ असार २०८२ । मौसम विज्ञान विभागले आगामी दिनहरुमा वर्षाको पूर्वानुमान गरेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन दोलखा प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले बुधबार एक विज्ञप्ति जारी गर्दै तामाकोशी नदीसहित अन्य खोलाहरुमा पनि बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाले आगामी दिन ३ अधिकांश प्रदेशमा मेघगर्जन/चट्याङसँगै हल्कादेखि मध्य वर्षाको सूचना जारी गरेपछि प्रशासनले जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन ‘अलर्ट’ जारी गरेको छ ।

तिब्बतसँग सीमा जोडिएको जिल्ला दोलखामा तामाकोशी नदीमा वर्षातका बेला बहाव उच्च हुने गर्दछ ।

‘दोलखा जिल्लाको तामाकोशी नदी तथा खोला खोल्सीहरुमा पानीको बहाव बढी भै बाढी आउन सक्ने भएकाले नदी, खोला तथा खोल्सीहरु आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध छ’, प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

तपाईको प्रतिक्रिया