Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

झापा, ४ जेठ २०८२ । झापाको मेचीनगर नगरपालिका-१४ स्थित दुवागढी चौकमा टिपरको ठक्करबाट एक दम्पती गंभीर घाइते भएका छन् । आज मध्यान्ह १२ बजे दुवागढी चौकस्थित मेची राजमार्गमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको स १ क १८१ नम्वरको टिपरले सोहि दिशातर्फ जाँदै गरेको प्र.१–०१–००१८प।००७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका१३ बस्ने ५५ वर्षीय मनप्रसाद लिम्बू र पछाडि सवार उनकी श्रीमती अन्दाजी ५२ वर्षीया टिकाकुमारी श्रेष्ठ (लिम्बू ) सख्त घाइते भएका हुन् । घाइतेहरुलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

मनप्रसादको पिसाव थैलीमा चोट लागेको छ । त्यस्तै टिकाकुमारीको दुवै खुट्टामा चोट लागेको छ । दुवैको अबस्था गम्भीर रहेको छ । टिपर चालक गौरीगञ्ज-१ महाभारा बस्ने २६ वर्षिय विजय सरदारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि इलाका प्रहरी कार्यालय धुलाबारी झापा पठाइएको प्रहरीले जनाएको छ । मोटरसाइकल र टिपर प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया