Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

काठमाडौं, ३१ चैत २०८१ । जापानको अध्यागमनले ८ नेपालीलाई निष्कासन गरेको छ।गैह्रकानुनी रूपमा जापानमा बस्दै आएका उनीहरूलाई अध्यागमनमार्फत निष्कासन गरिएको हो।

जापानको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको स्रोतको भनाई छ। निष्कासनमा पर्नेमा सुनार, गुरुङ, मगर,पुलामी, जबेगु, खत्री र दुई जना ढकाल थरका रहेको स्रोतले बताएको छ।

उनीहरूलाई थाइ एयरलायन्स र थाइ लायन एयरलायन्स, क्याथे प्यासिफिकको विमानबाट नेपाल फर्काइएको हो। उनीहरू गत साता काठमाडौं आइपुगेको स्रोतको भनाइ छ। जापान प्रहरीले अध्यागमन कानुन उलंघन गरेको आरोपमा पक्राउ गरी सोधपुछपश्चात नेपाल डिपोर्ट गरेको हो। यद्यपि उनीहरूले कुन-कुन कानुन उल्लंघन गरे भन्ने विषय भने खुलाइएको छैन।

जापानले फागुनमा मात्रै १५ जनाभन्दा बढी नेपालीलाई निष्काशन गरेको थियो। पछिल्लो समय जापानले पनि अवैधरूपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ। त्यस अगाडि पनि विभिन्न चरणमा ठूलो संख्यामा नेपालीहरु निष्काशित भएका थिए। विभिन्न प्रवेशाज्ञामा जापान पुगेका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरूसमेत त्यसको मारमा पर्न थालेका हुन्।

पछिल्लो समयमा जापान, अमेरिका, मलेसिया, क्यानडा, फ्रान्स, माल्दिभ्स, जर्मनी, दक्षिण कोरयालगायत देशका सरकारले त्यहाँ रहेका विदेशी कामदारहरूमाथि निगरानी बढाउँदै आएको छ।

 

तपाईको प्रतिक्रिया