Online Bichar
आइतबार, मंसिर २९, २०८२ | Sunday, December 14, 2025

काठमाडौँ, २६ माघ २०८० । रात्रीकालिन डिउटी सकेर कोठामा फर्किने क्रममा प्रहरीकै भ्यानबाट खसेर एक प्रहरीको मृत्यु भएको छ।

काठमाडौँको बलम्बु नजिकै गएराती सवा ११ बजेको समयमा प्रहरीको बा १ झ ७४१८ नम्बरको भ्यानबाट खसेर गम्भीर घाइते भएका प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको हो।

राती नै उपचारका क्रममा नेपाल एपिएफ अस्पताल बलम्बुमा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनको शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ। भ्यानका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया