Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

गौरादह, ९ साउन २०७८ । झापामा स्रोत नखुलेको ४० लाख भन्दा बढि नेपाली रुपैयाँ सहित एकजना मानिस पक्राउ परेका छन् । झापा गाउँपालिका-२ बेलाईतिबारीमा बस्ने ५० वर्षिय गौरी मण्डललाई शनिबार(आज)अन्दाजी दिउँसो १२ बजे प्रहरीले पक्राउ गरेको जनाइएको छ । भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको स्रोत नखुलेको नेपाली ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ सहित मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

मण्डललाई ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरी थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृत सहितको टोली खटि गई आवश्यक कानुनी प्रक्रिया पुरा गरि जिल्ला प्रहरी कार्यालय झापा तर्फ ल्याउँदै गरिएको जनाइएको छ । पक्राउ परेका मण्डललाई आवश्यक कानुनी कारवाहीको लागि साउन १० गते भद्रपुर भन्सार कार्यालयमा बुझाइने जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया