गौरादह, ११ जेठ । झापाको गौरादह नगरपालिकाले असुरक्षित भण्डारण गरी कुहाएको पाँच हजार केजी चामल गुपचुपमा पुरिएको रहस्य बाहिरिएको छ । सोमबार नगरपालिकाको कार्यलय परिसरमै खाडल खनेर खाद्यान्न चामल पुरिएको, नस्ट गरिएको रहस्य बाहिरिए पछि स्थानीयहरु आक्रोसित बनेका छन् ।
चामल पुरिएको स्थानमा आज विहान आक्रोसित स्थानीयहरु स्वतस्फुर्त उपस्थित भएर पुरिएको चामल खनेर हेर्न खोज्दा प्रहरीले अवरोध गरेको छ । पुरिएको चामल खनेर निकाल्ने र त्यसको सत्य तथ्य जनताले बुझ्न पाउनु पर्ने स्थानीयहरुले आवाज उठाए पछि रोक लगाउन नगरपालिकाले प्रहरी सुरक्षा गुहार गरेको हो ।
गौरादहमा ठूूलो परिमाणमा चमल कुहिएको तथा कुहिएको चामल राहतमा वितरण गरेको समाचार सञ्चार माध्यमहरुमा आएपछि यहाँका स्थानीयहरुले यस बिषयमा नगरपालिकाको जवाफको आसा गरेका थिए । जनताको सिंहदरबार भनिएको स्थानीय सरकारले जवाफ दिन आवस्यकै ठानेन उल्टै गुपचुपमा चामल पुरेको छ ।
गौरादह उपभोक्ता हित संरक्षण मञ्चले त ध्यानाकर्षण पत्र समेत बुझायो, संचार माध्यमहरुले निरन्तर चामलको विषयमा समाचार, लेख तथा अन्तरवार्ता प्रकाशन गरे, स्थानीय अगुवाहरुले सामाजिक संजाल आदि बाट समेत नगरपालिकाको जावाफदेहीताको अपेक्षा गरे तर नगरपालिका मौन बस्यो किन ?
पुरिएको चामल उत्खनन् गर्न उपस्थित स्थानीय सचेत नागरिक अगुवाहरुले नगरपालिकाका जनप्रतिनिधिहरु असक्षम, गैर जिम्मेवार र जवाफदेहीता नभएका बताएका छन् । स्थानीय नागरिक अगुवाहरुले उठाउका सवालहरुको नगरपालिकाले जवाफ दिनु पर्दैन ?
नागरिकहरुका सवाल छन् –
नगरपालिकाले मापदण्ड विपरित असुरक्षित भण्डारण गरेको खाद्यान्नको सत्यतथ्य यथार्थ किन सार्वजनिक गरिएन ?
नगरपालिका किन सूचना मैत्री छैन ? नगरिकका सवालहरुको जवाफ उपयुक्त समयमा किन दिन सक्दैन ?
कुहिएको चामल नस्ट गर्दा वा पुर्दा गुपचुपमा किन गरियो ? दलीय प्रतिनिधि, नागरिक समाज, अधिकार कर्मी तथा सरोकार वालाहरु सहितको रोहबरमा किन गरिएन ?
लापरवाही गरेर खाद्यान्न कुहिएपछि त्यसको जिम्मेवारी कसको हो ? जवाफदेहीताको लागि कोही तयार नहँुदा सो चामलको बिगो को संग असुल गर्ने ? कि गल्ति गर्नेलाई गुपचुपमा उन्मुक्ति दिने ?
आफू मापदण्ड अनुसार उपयुक्त भण्डारण नगर्ने अनि महामारीको समयमा खाद्यान्न सहायता गर्ने संघ संस्था तथा दाताहरुलाई एक बर्ष पछि कम गुणस्तरको खाद्यान्न दिएका रहेछन् अनि कुहियो भनेर अपमान गर्नु नगरपालिकाको कुन नैतिकता हो ?






