Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

काठमाडौं, १५ पुष । मलेसियामा कार्यरत नेपालीसहित विदेशी कामदारले जनवरीदेखि न्यूनतम १२ सय रिंगेट (झन्डै नेपाली ३३ हजार रुपैयाँ) पाउने भएका छन् । मलेसिया सरकारले जनवरी १ देखि लागू हुने गरी न्यूनतम तलब बढाउने घोषणा गरेको थियो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार मलेसियाले विदेशी र स्वदेशी नागरीकबीच विभेद गरिएको छैन।

मलेसियामा हाल झन्डै चार लाख नेपाली कार्यरत छन्। पाण्डेका अनुसार बढाइएको तलब पुराना कामदारको हकमा समेत लागु हुनेछ। ‘
कम्पनीले नयाँ तलब नदिएमा जानकारी दिन पनि दूतावासले अनुरोध गरेको छ। राजदूत पाण्डेले नेपाली सुरक्षा गार्डले कम्तीमा २१ सय रिंगेट पाउने बताए। ‘अहिले सामान्य कामदार र सुरक्षा गार्डको तलबमान समान तोकिएको छ। तर, सुरक्षागार्डले हरेक दिन दैनिक चार घण्टा ओभरटाइम गर्ने हुदाँ मासिक रुपमा ओभरटाइमबापत ९ सय रिंगेट छुट्टै पाइन्छ’, उनले भने।

मलेसिया खुलेपछि मात्रै झन्डै चालीस हजार कामदार ल्याउनका लागि अनुमति दिइसकेको छ। यही अवस्थामा अगाडि बढेमा यो वर्ष मात्रै झन्डै डेढ लाख कामदार मलेसिया आउने सम्भावना रहेको बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments