Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

गौरीगंज, ७ मंसिर । आठमौजा बचत तथा ऋण सहकारी संस्था खजुरगाछीले ११ औ स्थापना दिवसको अवसरमा म्याराथुन दौड प्रतियोगिता संचालन गरेको छ। स्वास्थ्यकालागी दौड भन्ने मुलनाराका साथ संचालन गरिएको दौडमा बालबालिका, महिला, पुरुष, प्रहरी, सशस्त्र प्रहरी , संघ संस्थाका प्रतिनिधि र स्थानीयबासीहरुको सहभागीता रहेको थियो।

म्याराथुन दौडमा सहभागी हुन धरान, धनकुटा, तेह्रथुम, मधुमल्ला, उर्लाबारी र दमक सम्मका धावकहरु उपस्थित थिए। दौड प्रतियोगितामा खुल्ला पुरुष, खुल्ला महिला र १४ वर्ष मुनिका बालबालिकाहरुको छुट्टाछुट्टै समुहमा दौड गराईएको थियो।

संस्था भएको ठाउँबाट ४ किलोमिटर दौडकालागि कुनै प्रकारको घटना हुन नदिन ट्राफिक प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिएको थियो। दौडमा सहभागीहरु बिरामी भएमा उपचार गर्न लैजान एम्बुलेन्सको व्यवस्था गरिएको थियो।

प्रतियोगितामा खुल्ला पुरुष तर्फ धनकुटाका मोहन कुमार राई प्रथम, तेह्रथुमका उमेस कन्दंवा दोस्रो र मधुमल्लाका ज्ञान देव राई तेस्रो भएका थिए। महिला तर्फ कमला राई प्रथम, संगीता तामाङ दोस्रो र जमुना लिम्बू तेस्रो भएका थिए। १४ वर्ष मुनिका बालबालिकाहरु तर्फ पंकज राजवंशी प्रथम, खगेन्द्र खत्री दोस्रो र महेस गिरी तेस्रो भएका थिए।

प्रतियोगितामा विजेताहरुलाई खुल्ला पुरुष तर्फ नगद पुरस्कार प्रथम, दोस्रो र तेस्रोलाई क्रमश ७ हजार,५ हजार र ३ हजार, महिला तथा बालबालिका सहभागीता सम्मान स्वरुप राखिएको नगद पुरस्कारमा महिला तर्फ ५ हजार, ३ हजार र १ हजार त्यसैगरी बालबालिका तर्फ ३ हजार १ हजार ५ सय र १ हजार यही सोमवार सम्पन्न हुने बार्षिक उत्सव कार्यक्रममा वितरण गरिने संस्थाका अध्यक्ष अर्जुन दंगालले जानकारी गराए।

तपाईको प्रतिक्रिया