Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

गौरादह, १ कार्तिक । गौरादह नगरपालिका वडा नं.७ स्थित जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाले २१ औ स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा संस्थाले नगरपालिका भित्र रहेका माध्यमिक विद्यालयहरु बिच हाजिरी जवाफ प्रतियोगिता संचालन गरेको छ।

संस्थाले प्रत्येक वर्ष विभिन्न कार्यक्रमका साथ मनाउदै आएको स्थापना दिवस यस वर्ष विद्यार्थीहरुको बौद्धिक क्षमता अभिबृद्वी गर्ने उदेश्यले हाजिरी जवाफ प्रतियोगिता संचालन गरिएको संस्थाका मुख्य व्यवस्थापक कुमार चापागाँईले जानकारी गराए।

ग्वालडुब्बा बजारमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा नगर भित्र रहेका संस्थागत र सामुदायिक १० वटा विद्यालयहरु सहभागी भएका थिए। प्रतियोगितामा माउन्ट एभरेस्ट मा.वि. गौरादह ४२ अंक सहित प्रथम, ज्ञानज्याती मा.वि. गौरादह ४० अंक सहित दोस्रो र स्कुल चौन मा.वि. महारानी झोडा २९ अंक सहित तेस्रो भएका थिए। बिजेता विद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र र विद्यालयलाई मायाको चिनो वितरण गरिएको थियो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

संस्थाका अध्यक्ष छत्र प्रसाद चुडालको सभापतित्वमा सम्पन्न स्थापना दिवस कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष अमरदास सिवाकोटीले बिजेता विद्यालय र विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए। त्यसअवसरमा वडा नं.७ का वडाध्यक्षय बलराम खरेलले शुभकामना मन्तव्य राखेका थिए। संस्थाका शिक्षा संयोजक दिननाथ कडेरियाले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्था का सचिव सूर्यभक्त सिटौला र शिक्षा उपसमिति सदस्य मेघराज पौडेलले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments