काठमाडौं, २३ कार्तिक । वैदेशिक रोजगारीमा सवारी चालक पदमा जाने कामदारलाई नेपालको सवारी चालक अनुमति पत्र (लाइसेन्स)अनिवार्य चाहिने भएको छ।
श्रम कार्यालय ताहाचलका अनुसार सवारी चालकका रूपमा जाने श्रमिकले नयाँ श्रम स्वीकृति लिँदा, श्रम स्वीकृति नविकरण गर्दा वा वैधानिकीकरण गर्दा अनिवार्य लाइसेन्स देखाउनुपर्ने व्यवस्था गरिएको छ।
नेपालमा लिएको वा विदेशमा लिएको जुन लाइसेन्स भए पनि अनिवार्य पेस गर्नुपर्ने प्रावधान ल्याइएको ताहाचाल कार्यालयले जनाएको छ। गन्तव्य मुलुकमा सवारीचालक पेसालाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन यस्तो व्यवस्था गरिएको श्रम कार्यालय ताहाचलले जनाएको छ।






