Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

गौरादह,  २९  असोज । गौरादह १ स्थित जनसहभागि कृषि सहकारी संस्थाले दश औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । मोती मावि सितापुरीको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष मिन प्रसाद भण्डारीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा संयोजक जिवन कार्काीले आर्थिक तथा लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले ५८ लाख ३६ हजार ५ सय ९ रुपैयाँ बराबरको कारोबार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाको अवसरमा ७५ वर्ष माथिका १५ जना ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । साधारण सभामा उत्कृष्ट बचतकर्ता ४ जना, उत्कृष्ट ऋणी ३ जना र उत्कृष्ट बालबचत तर्फ ३ जनालाई पुरस्कृत गरिएको थियो ।

१० औ साधारणसभाले पुनः मीन प्रसाद भन्डारीको अध्यक्षतामा ९ सदस्यीय समिति सर्बसम्मत चयन गरेको छ। नब गठित समितिको उपाध्यक्षमा सोभितमान राया, सचिबमा दिपक सेढाई र कोषाध्यक्षमा किसोर बस्नेत रहेका छन । समितिको सदस्यहरुमा प्रकासकला श्रेष्ठ, बलराम कार्की,हस्त बहादुर बस्नेत, तारा नेपाली र गिता ढुङगाना रहेका छन।

सोहि साधारणसभाले योगेन्द्र प्रसाद दंगालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति सर्बसम्मत चयन गरेको छ । त्यसअवसरमा टुपेन्द्र बहादुर घिमिरे, छत्र बहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सचिव योगेन्द्र प्रसाद दंगालले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहसचिव दिपक सेढाईंले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments