Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

गौरादह,  २९  असोज  ।  गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गौरादह उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति बाबुराम भण्डारीले खानेपानी संस्थाले हाल सम्म उपभोक्ताहरुलाई पुर्याएको सेवा र मानिस जिउनका लागि आवश्यक पर्ने स्वच्छ र शुद्ध खानेपानी साविक गौरादह गा.वि.स भित्र रहेका २ हजार ३ सय ५६ घरपरिवारलाई पानी वितरण गरेको जानकारी सहितको संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका लेखा संयोजक पुण्य सिग्देलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष शान्ता दाहालले संस्थाको ३ करोड ३३ लाख ६५ हजार ८ सय १० वासलात रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दिपक कार्कीले कार्यक्रमको उद्घाटन गर्दै गौरादह खानेपानीले उपभोक्ताहरुलाई शुद्ध खानेपानी वितरण गरिरहेकाले नगरपालिका भित्र रहेका निर्माणाधिन खानेपानी संस्थाहरुलाई काम सम्पन्न गरि चाँडै प्रयोगमा ल्याई नगरबासीहरुलाई शुद्ध, स्वच्छ खानेपानी वितरण गर्न आवश्यक रहेको धारणा राखेका थिए ।

त्यसअवसरमा गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह, नेपाली काँग्रेस नगर सभापति यादवराज सेढाईं, नेकपा नगर अध्यक्ष मित्रदेव काफ्ले, दमक खानेपानी आयोजनका अध्यक्ष रोशन गौतम, लखनपुर खानेपानी अध्यक्ष उषा भण्डारी र वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष नरेश कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव डण्डीराज घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments