Online Bichar
मंगलबार, आषाढ २३, २०८३ | Tuesday, July 7, 2026

झगेन्द्र खड्का

गौरादह,  १३ भदौ  ।  पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाँउमा फल्ने स्याउ तराईको गर्मीमा पनि फलेको छ। मानिसहरूले पाहुना जादा वा बिरामी भेट्न जादा अधिकांश मानिसहरूले चाहने फल स्याउ झापाको गौरादहमा फलाईएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादह-२ निवासी भिम बहादुर खड्काले आफ्नै जग्गामा स्याउका बिरुवा रोपेर स्याउ फलाएका हुन । आफ्नो घर छेउमा करिब एक बिघाहा जग्गामा खेतलाई माटो पुरेर डाँडो बनाई डयाङ बनाई स्याउका बिरुवा रोपेका छन । ऊनले पहिलोपटक २ सय स्याउका बिरुवा लगाएका छन । परिक्षणको रूपमा पहिलो पटक स्याउको बिरुवा रोपेर हेर्दा फल फलेर खानपाए पछि उनको परिवार सहित गाउलेहरू पनि दंग परेका छन ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

स्याउको बिरुवा रोप्ने समयमा स्याउ फलेर खान पाइन्छ भन्नेमा कसैले पनि बिस्वास गरेका थिएनन। बिरुवा रोपेको एक बर्ष पछि फल फल्ने बिस्वास गरे पनि आठ महिना पछि नै फल फलेको थियो । बजारमा किनेर खाने गरेको स्याउ तराईको गर्मि मौसममा पनि बोटैमा टिपेर खान पाउँदा छिमेकी सिताराम तिम्सिनाले खुसि ब्यक्त गरे ।

दाजुलाइ उपचार गराउन भारतको हरियाना गएको समयमा त्यस क्षेत्रमा स्याउ फलेको देखेपछि आफुलाइ पनि स्याउ खेति गर्ने जागर चलेको भिम खड्का बताउछन ।हरियानाको तिब्र गर्मीमा फलेको स्याउ देख्दा आफ्नो बारिमा पनि स्याउ फलाउन सकिने आत्मबिस्वास बढेपछि बिरुवा लगाएको उनले बताए । हरियानामा फलेको स्याउको बारेमा आफुले जानकारी लिदा थाईल्याण्डमा लगाईने स्याउ गर्मी मौसममा फल्ने थाहा पाएपछि सोहि अनुसार आफुले खेति गरेको खड्का बताउछन ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

करिब ५० डिग्री तापक्रम सम्ममा फल्न सक्ने रोयल रेड जातको स्याउ खानमा पनि स्वादिलो भएकाले यसबाट राम्रो मुनाफा निकाल्न सकिने बिचार आएकाले उनमा जांगर चलेको बताए । आफुले लगाएको स्याउ सोचे भन्दा अगाडिनै फल फलेपछि यश बर्ष १ सय ५० बिरुवा थप गर्ने लक्ष्य रहेको खड्काले बताए । स्याउले राम्रो संग फल दिएमा कलमि गरेर बिरुवा उत्पादन गर्नुका साथै फल बेचेर मुनाफा कमाउने लक्ष्य रहेको खड्का बताउँछन् ।

गाँउमा बसेर पशुपालन तथा खाध्यान्न बालि लगाउदै गर्मी मौसममा फल्ने फलफुल लगाउदै आएका हामी किसानहरूले स्याउ तराईमा फल्छ भन्नेबारेमा आफुले नसोचेको उनका बुवा प्रेम बहादुर खड्का बताउछन ।अति चिसो र हिमाली क्षेत्रमा मात्र स्याउ फल्ने सुनेकाले आफ्नो बारिमा यस प्रकारको फल फल्दा आफू छक्क परेको प्रेम बहादुर खड्का बताउछन ।गर्मी मौसममा मात्र फल्ने फलफुल लगाउदै आएकोमा चिसो मौसमको फल फलाउन सफल भएपिछ धानको बिकल्प खोज्न सकिने स्थानिय शंकर कट्टेलले बताए

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments