झापा, ८ साउन । रातिदेखि परेको अविरल वर्षाका कारण झापाको विर्तामोड, बनियानी लगायतका क्षेत्रका केही घर डुवानमा परेका छन् ।
इलाका प्रहरी कार्यालय बनियानीले दिएको जानकारी अनुसार झापा कचनकवल गाउपालिका ६ बनियानी बस्ने उमा ढुङ्गानाको टाटी बेराले बनाएको घरमा पानी पसेर बस्न नमिल्ने भएको छ ।
उनको घर डुवेपछि प्रहरीले पीडित परिवारलाई छिमेकी दिपा अर्यालको घरमा स्थान्नतरण गरेको छ ।
त्यस्तै अदुवाखोलामा आएको बाढी झापा बिर्तामोड नगरपालिका ९ बस्ने मोहन कुमार उप्रेतीको ३ जनाको परिवार , भक्ति गौतमको ४ जनाको परिवार, सोमनाथ थापाको ५जनाको परिवार, घनश्याम सुबेदीको ६जनाको परिवार, सुनिता बास्कोटाको ४ जनाको परिवारलाई पनि छिमेकीको घरमा सारिएको प्रहरीले जनाएको छ ।
उता झापा मेची नगरपािलका –७ सृजनशिल टोल गुम्वा छेउस्थित कालीखोलामा पानीको बस्तीमा पस्दा ५ वटा सुगुर बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






