Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

बाजुरा,  ७  साउन  ।  बाजुरा घर भई भारतको नयाँ दिल्लीमा परिवारको साथ बस्दै आएकी एक बालिकालाई बलात्कार प्रयासपछि हत्या गरिएको छ ।

बालिकाका आफन्तले दिएको जानकारी अनुसार बाजुराको बुढीगंगा नगरपालिका–१ कुँडीकी ९ वर्षीया लक्ष्मी चँदाराको दिल्लीको सक्कपुरमा बलात्कार प्रयाससँगै हत्या भएको हो । बालिका हत्यापछि उनका आफन्त तथा नेपाली विभिन्न समुदाय र संघसंस्था मिलेर हत्यारालाई तत्काल खोजी गर्न दबाव दिएका थिए ।

दबावपछि हत्यामा संलग्न बसिम अहमद ९सनु०लाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बसिमले आफुले बालिकालाई बलात्कार गर्ने प्रयास गर्दा प्रतिकार गरेपछि घाँटी च्यापेर हत्या गरेको स्वीकार गरेका छन् ।

हत्या गरिएकी बालिका बुवा देव चँदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन्। बुवा देव चँदरा आफैं बस्दै आएको दिल्लीको सक्कपुरको डी बल्क १ सय १३ ए नम्बरको एक घरमा चौकिदारको काम गर्दै आएका थिए । शुक्रबार दिउँसो बुवा देव चँदरा कोठामा आउँदा छोरीलाई अचेत अवस्थामा फेला पारेका थिए । छोरी अचेत अवस्थामा फेला पारेपछि अस्पताल पुर्याए लगत्तै चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए ।

बालिकाको परिवारले बलात्कार प्रयास भएको बताइरहँदा दिल्ली प्रहरीले भने बलात्कार नभई हत्या मात्र भएको जवाफ दिँदै चाँडो शव जलाउन दवाब दिएका थिए । बालिकाको आइतबारै दाहसंस्कार गरिएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments