Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

गौरादह,  ६  साउन  । गौरादह बजारलाई व्यवस्थीत बनाइने क्रममा नयाँ ठाउँमा स्थानान्तरण गरिएको गौरादह बजार पूनः आईतबारबाट पुरानो ठाउँमा ल्याइएको छ । गौरादह बजारबाट करिब ५०० मिटर दक्षिण अमर आधारभुत विद्यालयको भाँडामा लिएको जग्गामा बजार स्थानान्तरण गरिएको थियो ।

गौरादहमा रहेको पुरानो बजारलाई व्यवस्थीत गर्दा ठाउँ अभावका कारण बजारलाई गत चैत महिनामा कृषि थोक जन्य बस्तु बिक्रिका लागि बनाइएको टहरोमा बजार सारिएको थियो ।

बजार क्षेत्रलाई निर्माण गर्ने उद्देश्यले व्यवसायीहरु सँग सहमति गरेर नै सब्जी पसल बाहेक कपडा, चप्पल जुत्ता लगायतका पसलहरु नयाँ ठाउँमा सारिएको बजार व्यवस्थापन समितिका अध्यक्ष खड्गराज थापाले जानकारी दिनुभयो । बजार पुरानै ठाउँमा ल्याउने क्रममा ठाउँ साँघुरो भएर व्यवसायीहरु केही बेर आक्रोसित भएता पनि सबैको गुनासोलाई साम्य पार्दै अहिले भने बजार शान्त वातावरणमा बजार लागिरहेको थापाले जानकारी दिनुभयो । बजारलाई पुरानै ठाउँमा सारिएपछि खुद्रा पसलेहरुलाई बजार भित्रै व्यवस्थापन गरेतापनि हटियाको दिन भने सब्जी व्यवसायीहरु सडकमा नै बसेर व्यापार गर्न बाध्य भएका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments