Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

गौरादह,  ६  साउन  ।  नेपाली काँग्रेस गौरादह नगर समितिले ३७औं विपि जयन्तीको अवसरमा नगर भित्र विविध कार्यक्रम सञ्चालन गरेको छ । पार्टीका वडा समितिहरुले नगर भित्रका सबै वडाहरुमा सञ्चालन गरिएको कार्यक्रममा अधिकांश वक्ताहरुले महामानव विपि कोइरालाले मुलुक र जनतfको लागि पुर्याएको योगदानको चर्चा गरेका थिए । नेपाली काँग्रेस वडा नं. १, २ र ३ को वडा समितिले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।

गौरादह बजारमा आयोजना गरिएको रक्तदान कार्यक्रमको व्यवस्थापन गरेका नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहका अध्यक्ष केदार ताजपुरीयालाई रक्त सञ्चार सेवा दमकका प्रमुख शिदार्थ दाहालले रक्त संकलन ब्याग दिएर कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रममा नेपाली काँग्रेस का तर्फबाट प्रतिनिधि सभा सांसद उम्मेदवार र प्रदेश सभा उम्मेदवार देखि सर्व साधारणहरुले रक्तदान गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

रक्तदानमा झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा उम्मेदवार खगेन्द्र पाण्डव अधिकारि र प्रदेश सभा उम्मेदवार अनिल कृष्ण् प्रसाईले पहिलो रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी शाखा दमकको प्राविधिक सहयोगमा सञ्चालन गरिएको रक्तदानमा ६ महिला सहित ५५ जनाले रक्तदान गरेका थिए । त्यसअवसरमा रक्तदानमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

नेपाली काँग्रेस वार्ड नं. १ का सभापति तथा कार्यक्रम संयोजक इन्द्र प्रसाद गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर सभापति यादवराज सेढाईं प्रमुख अतिथि रहेका थिए । नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि कृष्णहरि थपलियाले स्वागत मन्तव्य राखेको कार्यक्रममा वार्ड नं. २ सभापति विजय कुमार कन्दङ्वाले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments