गौरादह, ४ साउन । गौरादह बजारको नवनिर्मित डिभाइडरमा शनिबार धुपीको बिरुवा रोपिएको छ । गौरादह बजारलाई ग्रीनसिटी बनाउने उद्देश्यले धुपी रोपिएको गौरादह नगरपालिका प्रमुख रोहित कुमार शाहले जानकारी दिएका छन् ।

गौरादह नगरपालिका वार्ड नं. १ र २ मा पर्ने गौरादह–बैगुन्धुरा सडक खण्डको बिचमा १५३ मिटर लम्बाई रहेको आठवटा डिभाईडरमा करिब ९० वटा धुपिको बिरुवा रोपिएको जनाइएको छ । गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले धुपीको बिरुवा रोप्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।
आठवटा डिभाईडर निर्माणका लागि गौरादह नगरपालिकाले ६ लाख ८७ हजार ८ सय ३३ रुपैयाँ निकासा गरेकोमा ६ लाख ७७ हजार ५ सय ६३ रुपैयाँ खर्च भएको डिभाइडर निर्माण उपभोक्ता समितिका सचिव लोकनाथ खनालले जानकारी दिएका छन् । सोही बजेटबाट बचेको १० हजार २ सय ७० रुपैयाँले धुपीको बिरुवा खरिद गरिएको खनालले जानकारी दिए । कार्यक्रममा वडा नं. १ र २ का वडाध्यक्ष निर्माण समितिका सदस्यहरु, बुद्धिजिवी, व्यापारीको उपस्थिती रहेको थियो ।







