Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

काठमाडौं,  ३  साउन  ।  परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मरणोप्रान्त आफ्नो शरीर अंगदान गर्ने घोषणा गरेका छन्।सामाजिक संजाल ट्वीटर र फेसबुकमार्फत मन्त्री ज्ञवालीले आफू र आफ्नी श्रीमतीले अंगदान गरेको जानकारी गराएका छन्। उनले मृगौला, मुटु,फोक्सो, कलेजो,प्याङ्क्रियाज र सानो आन्द्रा गरी ६ अंग दान गरेका हुन्।

उनले ट्वीटरमा लेखेका छन्- बुढाबुढी दुबैले आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर पुगेर ९मरणोपान्त० अंगदान गरेर आयौं।जिन्दगीको त के भरोसा छ र १ जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस् बस् यत्ति कामना छ।

?

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments