Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

कपिलवस्तु,  ३१  असार  ।  नेपाल–भारतको सीमा छुट्याउन गाडिएका कपिलवस्तुका चारवटा पिलर बाढीले ढालेको छ ।

विजयनगर–७ ठकुरापुरमा रहेको चरगाहवा नदीमा आएको बाढीले पिलर ढालेको हो । नेपाल–भारत सिमा सुरक्षा समितिले बनाएका पिलर बाढीले ढालेको हो ।

कमसल सामग्री प्रयोग गरेर पिलर निर्माण गरिएकाले बाढीले सहजै ढालेको विजयनगर–७ का वडाध्यक्ष दिनेश चौधरीले बताए ।

नेपाल–भारत सिमा सुरक्षा समितिले पिलर बनाउन ठेकेदारलाई जिम्मा दिए पनि ती ठेकेदारले पुनः अर्को स्थानीय ठेकेदारलाई जिम्मा दिँदा यस्तो अवस्था आएको चौधरीले बताए । एक वर्षअघि मात्र ती पिलर बनाइएको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments