Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

काठमाडौं,  ३१  असार  ।  सरकारले आज असार मसान्तको दिन रातिसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको छ । ‍राजश्व संकलन हुने र भुक्तानी दिने बैंकका काउन्टर राति अबेरसम्म खुला राख्न निर्देशन दिएको हो । ‍

महालेखा नियन्त्रकको कार्यालयका अनुसार असारे विकासको लागि दैनिक ७/८ अर्ब रुपैयाँसम्म निकासी भइरहेको छ । राजश्व संकलन पनि लक्ष्य अनुसार नभएकोले राजश्व केही बढ्ने आसमा सरकारले मसान्तको दिन रातिसम्म काउन्टर खुला राख्न निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments