Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

झापा,  २८  असार  ।  झापामा बाढीले बगाएर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् ।

दमक नगरपालिका–१० स्थित लोकेन्द्र भण्डारीको घरमा बस्दै आएकी संखुवासभा चैनपुर नगरपालिका–७ की पुनम न्यौपानेकी ६ वर्षीया छोरी एलिजा न्यौपानेको मृत्यु भएको हो ।

उनलाई घरनजिकैको भालुखोलाको ‘कल्भर्ट’को पानीमा खेल्नेक्रममा बगाएको थियो । स्थानीयले उद्धार गरी अस्पताल लगेकोमा उपचारकैक्रममा एलिजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्र श्रेष्ठले बताए ।

यस्तै, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना भएर बग्ने कमलखोलाको बाढीले बगाएर इलामको चुलाचुली गाउँपालिका–१ का ५० वर्षीय अञ्चल लावतीको मृत्यु भएको छ ।

यस्तै, खोला तर्नेक्रममा हडियाखोलाको बाढीले बगाउँदा मेचीनगर नगरपालिका–१४ का ४५ वर्षीय सुफल हस्दा बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments