Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

धरान,  २८  असार  ।  डेंगुको संक्रमणबाट धरानमा एक जनाको मृत्यु भएको छ । धरान( १५ का ४० बर्षीय मनु सुनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यू भएको अस्पतालले जनाएको छ ।

शुक्रबार बिहान उपचारका लागि प्रतिष्ठान ल्याइएका सुनुवारलाई दिउसो आइसीयुमा राखेर उपचार सुरु गरिएको थियो । उनको उपचारको क्रममा गएराति नै निधन भएको प्रतिष्ठानले जनाएको छ ।

धरानमा यसअघि डेंगु निन्यत्रण बाहिर गएको भन्दै प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।न्यूज२४

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments