Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

काठमाडौं,  २७  असार  ।  लगातार वर्षाका कारण देशका विभिन्न भाग बाढी पहिरोको मारमा पहिरहेका छन्। नेपाल प्रहरीले शुक्रबार साँझ जारी गरेका सूचनाअनुसार हालसम्म बाढी पहिरोमा परी देशभर १६ जनाको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार पहिरोमा परी काठमाडौंमा र खोटाङमा ३–३ जनाको मृत्यु भएको छ । काभ्रेमा २, भोजपुरमा २ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी रामेछाप, ललितपुर, पर्सा, धादिङ, मकवानपुर र सिन्धुलीमा एक–एक जनाको मृत्यु भएको हो ।

विभिन्न घटनामा परी ८ जना घाइते भएका छन् । खोलामा आएको बाढीले बगाएर तथा पहिरोमा परी ५ जना वेपत्ता भएका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments