Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

गौरादह,  २६  असार  ।  चार्जमा राखेको मोवाईल छुदा करेन्ट लागेर गौरादह-८ दामाबारीमा एक बालकको मृत्यु भएको छ । मोरँगको रतुवामाई नगरपालिका घर भई झापाको गौरादह-८ जुरोपानी दामाबारी चोक स्थित मामाघर बस्दै आएका ६ बर्षिय रोशन महतोको बिहिबार बिहान करिब १० बजे करेन्ट लागेर मृत्यु भएको हो ।

मोरँग रतुवामाई-१ का गोल्छा महतोका छोरा ६ बर्षिय रोशन महतो गौरादह-८ दामाबारी स्थित मामा संजित महतोको घरमा बसेर स्थानिय ज्ञानोदय माविमा कक्षा एलकेजीमा अध्ययनरत थिए ।
मोबाईल चार्जमा राखिएको बेला भिजेको हातले छुदा करेन्ट लागेको कुरा पारिवारिक स्रोतले जनाएको छ ।

घटनास्थलको मुचुल्का बनाई बालकको सवलाई पोस्टमार्टमका लागि आम्दा अस्पताल दमक लगिएको ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments