शिवकुमार काशी
हेटौँडा, २४ असार । मकवानपुरको मनहरी गाउँपालिकामा मोबाइल चार्ज गर्न लागेका बेला करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।
सोमबार साँझ मनहरी गाउँपालिका -६ रुपाचुरीका १६ बर्षीय सञ्चलाल चेपाङको करेन्ट लागेर मृत्यु भएको हो । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट अबरुद्ध भई बिस्फोट समेत भएको स्थानीयले बताएका छन् ।






