Online Bichar
मंगलबार, आश्विन २०, २०८३ | Tuesday, October 6, 2026

काठ्माडौं,  २०  असार  ।  अमेरिका स्थित साउदर्न क्यालिफोर्नियामा दुई दशक यताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार ६.४ म्याग्नेच्युडको भूकम्प मापन गरिएको हो ।

भूकम्पको केन्द्रबिन्दु लस एन्जलस भन्दा २४० किलोमिटर टाढा रिजक्रेस्ट शहर रहेको छ ।

भूकम्पले रिजक्रेस्टमा अत्यधिक क्षती पुर्याएको स्थानीय भूगर्वविद् प्राध्यापक जोन रण्डलले बीबीसीलाई बताए ।

अमेरिकी स्वतन्त्रता दिवसको दिन आएको भूकम्पको केन्द्रबिन्दु घना बस्तीमा नहुनु नै भाग्यको कुरा भएको उनले बताए ।

रिजक्रेस्टको क्षेत्रीय अस्पतालबाट बिरामीलाई बाहिर निकालिएको जानकारीमा उल्लेख छ । उक्त अस्पतालले करिब दुई दर्जन मानिसको सामान्य उपचार गरेको जानकारी दिएको छ ।

शहरका मेयर पेगी ब्रिडेनले सीएनएनलाई बताए अनुसार उक्त शहरमा संकटकालको घोषणा गरिएको छ ।

ब्रिडेनका अनुसार केही व्यक्ति भवनबाट खसेको सामान खसेर घाइते भएका छन् भने ग्यास लाइन फुटेका छन् ।

‘हामीलाई भूकम्पको बानी परिसकेको थियो तर यस्तो शक्तिशाली भूकम्पको बानी हामीलाई थिएन,’ उनले भनिन् ।एजेन्सी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments