Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

काठ्माडौं,  १९  असार ।   वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जान यसपालि भाषा परीक्षामा पास हुनेमध्ये आधामात्र जान पाउने भएका छन्।

यो वर्ष परीक्षामा पास भएका १२ हजार ९ जनामध्ये दक्षिण कोरियाले ६ हजार ७ सय मात्र कामदार लैजाने इपिएस साखा सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए।

‘यो वर्ष दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा ४ हजार ७ सय र कृषि मूलक क्षेत्रमा २ हजार कामदार लैजाने त्यहाँको मानव संशाधन केन्द्रले जानकारी दिएको छ । उत्पादनमूलक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषिमूलक क्षेत्रमा २ हजार ८ सय ७६ जनाले नाम निकालेका थिए।’

भदौ ४ देखि १८ गतेसम्म सीप परीक्षण दक्षिण कोरिया जान पाउने–नपाउने निश्चित गर्ने भण्डारीले जानकारी दिए।

सीप परीक्षणको लागि असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्नु पर्ने इपिएस शाखाले जनाएको छ।

कामदारको सीप परीक्षण भने सामान्य हुने भण्डारीले जानकारी दिए।

‘कामदारले परीक्षामा दिइएको टुल्सबाट सीप देखाउनु पर्ने छ,’ उनले भने ‘कृषिमूलक क्षेत्रमा जानेहरूको लागि ट्रली गुडाउने, फलफुल टिप्नेलगायतका काम जान्नुपर्छ। त्यस्तै, उत्पादनमूलक क्षेत्रमा जानेहरूको एसेम्बल, मेजरमेन्ट र उड जोइनलगायतका सीप देखाउनु पर्नेछ।’

पछिल्लो समय दक्षिण कोरियाले विदेशी कामदारको लागि भाषासँगै सीपमा पनि जोड दिँदै आएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments