Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

काठमाडौं,  १३  असार  ।   संघीय संसद्को प्रतिनिधिसभाबाट आज बजेटसँग सम्बन्धित सबै विधेयक पास गरिने भएको छ ।

प्रतिनिधिसभाको आज अपराह्न ४ बजे बस्ने बैठकमा सरकारले पेस गरेका बजेटसँग आश्रित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयकमाथि दफावार छलफलपछि पारित गर्ने कार्यसूची छ ।

यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

बैठकमा विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदनसमेत पेश गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments