Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

काठ्माडौं, ३  असार  ।   इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले असार ९ र १० विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गर्ने भएका छन्।

‘विज्ञापन ऐन, २०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले ९ गते दिउँसो १२ बजेदेखि १० गते १२ बजेसम्म २४ घण्टाका लागि विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गर्ने भएका हुन्।

‘प्रस्तावित विज्ञापन ऐन, २०७६’ मा जति पनि विदेशी च्यानल छन् ती च्यालनले विदेशी विज्ञापन प्रसारण गर्न नपाउने उल्लेख गरिएको छ। अहिले यो ऐन छलफलका लागि संंसद्मा पुगेको छ।

यो ब्यबस्था लागू गर्दा हुन आउने परिस्थितिबारे जानकारी गराउन असार ९ र १० गते २४ घण्टाका लागि विदेशी च्यानल बन्द गर्न लागिएको नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले बताए।

नेपालमा प्रसारित च्यानलहरु मध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन्।

इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने जनाएको उनले बताए। यो प्राबधान लागू भए डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने उनी बताउँछन्।

साथै संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुने महासंघको भनाइ छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments