काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय सरकार स्वतन्त्र सरकार नरहेको भन्दै उनले केन्द्र सरकार मातहत नै रहेको कुरा कुनै अनौठो नभएको बताए ।
नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदले प्रदेश सरकारलाई केन्द्र सरकार मातहत जस्तो व्यवहार भएको भनी गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यो कुनै अनौठो कुरा नभएको
प्रदेश सरकार स्वतन्त्र सरकार होइन भन्नेमा अलमल नराख्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘स्वतन्त्र सरकार त होइनन् नि, ती संघीय सरकारकै मातहत हुन् । यस्तो कुरामा अलमल राख्नुहुन्न ।’
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गर्नका लागि प्रदेश समन्वय परिषद र अरु समन्वयकारी कामहरु भइरहेको पनि उनले बताए । प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा कुन सरकारले के काम गर्ने भन्ने विषयमा पनि थिति बसाएको बताए ।






