Online Bichar
शुक्रबार, मंसिर १२, २०८३ | Friday, November 27, 2026

काठमाडौं,  २४   बैशाख  ।  नव गठित समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी बीच सोमवार एकीकरण भइ समाजवादी पार्टी, नेपालको घोषणा भएको थियो ।

४२९ सदस्यीय कार्यसमितिको बैठकमा केन्द्रीय समितिको जिम्मेवारी बाँडफाँड देखि लिएर परिचयात्मक कार्यक्रम हुने बताइएको छ । पार्टीमा २५ सदस्यीय पदाधिकारी रहेका छन् ।

समाजवादी पार्टीको अधिवेशन असोजका लागि तोकिएको छ, त्यसको बारेमा पनि छलफल हुनेछ ।

कार्यसमितिको जिम्मेवारी बाँडफाँडको म्यान्डेट पदाधिकारीलाई दिइनेछ । र, ती पदाधिकारीले विभिन्न समितिहरु बनाएर तल तहदेखि माथिल्लो तहसम्म फोरम नेपाल र नयाँ शक्ति नेपालबीच समायोजनको कार्यक्रम गर्ने बताइएको छ ।

स्रोतका अनुसार फोरम नेपाल जुन–जुन प्रदेशमा अध्यक्ष तोकि सकेको छ त्यहाँ फोरम नेपालकै रहने र अरु पदमा नयाँ शक्तिसँग समायोजन गर्ने बताइएको छ । सात र छ नम्बर प्रदेश नयाँ शक्ति नेपाललाई दिने छलफल भइरहेको बताइएको छ । रातोपाटी

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments