काठमाडौं, १६ असोज २०८३ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । कांग्रेसको संस्थापनइतर पक्षले बिहीबारदेखि सुरु गरेको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनबाट देउवा डडेलधुराबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ बाट देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन् । काठमाडौंमै रहेका देउवाले वारेसनामामार्फत क्षेत्रीय प्रतिनिधिका लागि उमेदवारी दर्ता गराएका थिए ।
डडेलधुराका ५२ वडामध्ये ३० वडामा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी वडामा शुक्रबार र शनिबार अधिवेशन हुने डडेलधुरा कांग्रेसका उपसभापति तथा जिल्ला संयोजक दिल्लीराज जोशीले बताए ।
उनका अनुसार बाँकी वडाको अधिवेशन सम्पन्न भएपछि क्षेत्रीय प्रतिनिधि छनोटको प्रक्रिया अघि बढ्नेछ ।






