Online Bichar
सोमबार, साउन ०४, २०८३ | Monday, July 20, 2026

काठमाडौं, ३ साउन २०८३ । कृषि वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिकटन डिएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ ।

‘ग्लोबल टेन्डर’मार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक टक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई १० मा आइपुगेको थियो ।

सो मलमध्ये एक हजार २५० मेट्रिक टन मल यही साउन १ गते नेपालतर्फ ढुवानी सुरु भएको थियो । बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ ९ब्यागिङ० को काम भइरहेको जनाइएको छ ।

प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमशस् नेपाल भित्रने कृषि वन तथा पर्यावरणमन्त्रीको सचिवालयले जनाएको छ । मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ । –रासस

 

 

तपाईको प्रतिक्रिया