Online Bichar
सोमबार, साउन ०४, २०८३ | Monday, July 20, 2026

झापा, ३ साउन २०८३ । भारत–नेपाल सीमामा रहेको विहार किशनगञ्ज जिल्लाको ठाकुरगञ्ज क्षेत्रमा विशेष सुरक्षा अपरेसनको क्रममा ठाकुरगञ्ज प्रहरीले शङ्कास्पद अवस्थामा झापा भद्रपुरका दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-९ का सयर घिमिरे र युनिस निरौला रहेका छन् ।

उनीहरूलाई ठाकुरगञ्ज बस स्टपनजिकै शङ्कास्पद रुपमा घुमिरहेको अवस्थामा पक्राउ गरिएको हो ।सोधपुछको क्रममा ती दुई युवाहरूले ठाकुरगञ्ज भ्रमणको स्पष्ट र चित्तबुझ्‌दो जवाफ दिन नसकेको जनाइएको छ । त्यसपछि उनीहरूलाई उप–विभागीय मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो ।

आवश्यक अनुसन्धान र सोधपुछपछि, अदालतको आदेश अनुसार दुवैलाई न्यायिक हिरासतमा पठाइएको छ । उनीहरूलाई भारतीय दण्ड संहिताको धारा १२८ अन्तर्गत न्यायिक हिरासतमा पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया