काठमाडौं, ६ असार २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीले सपना देखाउन मात्र नभएर परिणाम दिन पनि जानेको बताएका छन् ।
आइतबार रास्वपाको प्रथम महाधिवेशनलाई भरतपुरमा सम्बोधन गर्दै अर्थमन्त्री समेत रहेका डा. वाग्लेले रास्वपा युवापुस्तालाई अवसरको खोजीमा विदेशिनुपर्ने अवस्थाको अन्त्यको पक्षमा रहेको बताए ।






