Online Bichar
शनिबार, जेठ ३०, २०८३ | Saturday, June 13, 2026

काठमाडौं, २९ जेठ २०८३ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले मन नपरेको खण्डमा सरकार फाल्ने अधिकार संसद्ले राख्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि राप्रपा प्रमुख सचेतक खुश्बु ओलीको प्रश्नमा जवाफ दिँदा त्यस्तो बताएका हुन् ।

ओलीले बजेटमा संसद्‌बाट स्वीकृत बजेटमाथि नियन्त्रणलाई कार्यपालिकातर्फ सार्ने विभिन्न संयन्त्र रहेको बताएकी थिइन् ।

“कार्यपालिका अथवा देशको प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो । यो सार्वभौम छ । मन नपरेको खण्डमा सरकार नै फाल्न पाइने अधिकार यही थलोले राख्छ,” जवाफमा मन्त्री वाग्लेले भने, “सम्मानित सदनले राख्छ । सरकार बनाउने, सरकार ढाल्ने ।”
उनले गणितको खेल हुने बताए ।

 

तपाईको प्रतिक्रिया