Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौं, २८ जेठ २०८३ । देशका धेरै स्थानमा बुधबार (जेठ २७) वर्षा भयो । पछिल्लो २४ घण्टामा सबैजसो जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहीबार (जेठ २८) दिउँसो १२ः५० बजे सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणमा मकवानपुरमा सबैभन्दा बढी पानी परेको उल्लेख छ । “गएको २४ घण्टामा देशैभरिका जिल्लाहरूमा पानी परेको छ,” महाशाखाले भनेको छ, “सबैभन्दा बढी पानी मकवानपुरको सिलिंगेमा ७०.८ मिलिमिटर परेको छ ।”

मकवानपुरमा २४ घण्टामा परेको ७०.८ मिलिमिटर पानी भारी वर्षा हो । कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ ।

१० देखि ५० मिलिमिटरसम्म पानी परे मध्यम वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे अति भारी वर्षा भनिने महाशाखाले जनाएको छ ।

“हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभाव रहेको छ,” महाशाखाले भनेको छ ।

 

तपाईको प्रतिक्रिया