काठमाडौं, ७ माघ २०८२ । नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ । एकेडेमीले आगामी चैत २७, २८ र २९ गते काठमाडौँमा प्राध्यापक सम्मेलन गर्ने भएको हो ।
सम्मेलनमा नेपाली भाषा साहित्यको विद्यावारिधि तहसम्मको पठनपाठन र अनुसन्धान हुने दुवै देशका सम्पूर्ण विश्वविद्यालयका २८ जना प्राज्ञबाट दस्ताबेज प्रस्तुत गरिने एकेडेमीमा सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन् ।
सो एकेडेमीले महासमालोचक प्राडा। वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा तीन दिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्न लागेको हो ।
‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ का संयोजक प्राडा। महादेव अवस्थी रहेका छन् भने सल्लाहकारमा प्रा. केशव सुवेदी रहेका छन् ।






