Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

काठमाडौं, ३ पुस २०८२ । नेकपा एमालेको नयाँ पदाधिकारी टिम बनेको छ । काठमाडौंमा गत २७ मंसिरदेखि जारी महाधिवेशनमा भएको निर्वाचनपछि नयाँ टिम बनेको हो ।

यसपटक एमालेको नेतृत्वका लागि दुई समूहबीच प्यानल नै बनाएर निर्वाचन भएको थियो । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको थियो ।

अन्तिम मतपरिणाम अनुसार, एमाले नेतृत्वमा सबैजसो केपी शर्मा ओली प्यानलबाटै पदाधिकारीका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट बाहेक सबै ओली प्यानलबाट पदाधिकारी निर्वाचित भएका हुन् ।

सचिवमा भने सबै ओली प्यानलकै पदाधिकारीहरू निर्वाचित भएका छन् ।

८ जनाको डेब्यू

यसपटक एमालेको पदाधिकारीमा ८ जनाले डेब्यू गरेका छन् । उपाध्यक्षमा निर्वाचित भएका रघुजी पन्त पदाधिकारीमा नयाँ हुन् । उनी पहिलोपटक उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै, अन्य ७ जना सचिवहरू पनि पहिलोपटक पदाधिकारी टिममा इन्ट्रि गरेका छन् ।

जसमा भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की र महेश बस्नेत छन् । उनीहरू सबै पहिलोपटक पदाधिकारीमा निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया