Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

काठ्माडौं, २३ भदौ २०८२ । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने सम्बन्धी गरेको निर्णय सोमबार पनि फिर्ता लिएन । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले यस बारेमा निर्णय गर्न सक्ने बताइएको भए पनि कुनै निर्णय नभएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार कांग्रेसका मन्त्रीहरुले निर्णय फिर्ता लिनुपर्ने सुझाव दिएका थिए ।

“सामाजिक सञ्जालसम्बन्धी गरिएको निर्णय तत्काल फिर्ता हुनुपर्छ भनेर स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कुरा उठाउनुभएको थियो,” ती मन्त्रीले भने, “कांग्रेसबाट सहभागी अरु मन्त्रीहरुले पनि निर्णय फिर्ता लिन भन्नुभएको थियो ।”

पौडेलले जनताले प्राविधिक र कानुनी कुरा नबुझेको बताउँदै उनीहरुले भोग गरेको कुरा खोस्दा असन्तुष्टिको सम्बोधन गर्नुपर्छ र दर्ता प्रक्रियामा ल्याउन कूटनीतिक तहबाट प्रक्रिया थालिनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने बताएका थिए ।

यसैबीच सोमबार १९ जनाको ज्यान जानेगरी भएको गोलीकान्डको छानिबन गर्नका लागि समिति बनाउने निर्णय गरिएको थियो । समितिमा रहने सदस्यहरुको भने टुंगो नलागेको ती मन्त्रीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया