Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

दमक, १५ साउन २०८२ । झापाको दमकमा पहिलो पटक नेत्र सहायक (Diploma in ophthalmic in science) अध्यापन सुरु गरिएको छ । दमक नगरपालिका-४ स्थित मानसरोवर इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (मिष्ट कलेज) मा नेत्र सहायकमा अध्यापन सुरु गरिएको हो ।

२०६६ सालदेखि सञ्चालनमा आएको मिष्ट कलेजमा २०८१ देखि नेत्र सहायकको अध्यापन सुरु गरिएको कलेजका सञ्चालक राजेन्द्र पौडेलले जानकारी दिए । ३ वर्षीय कोर्ष अन्तरगत पहिलो ब्याचको अध्ययन भइरहेको छ । २०८२ मा अब दोस्रो ब्याचको भर्ना खुलिसकेको सञ्चालक पौडेलले बताए । ुझापामा नेत्र सहायकको पढाई पहिलो हो,’ उनले भने, ‘झापाका अस्पतालमा चिकित्सक तथा प्राविधिकको माग उच्च छ, त्यसैलाई लक्षित गरी यो बिषयको पढाई सुरु गरेका छौँ ।’

झापाका आँखा अस्पतालहरूमा नेपाल र भारतका बिरामीको चाप अत्यधिक छ । आँखा अस्पतालमा जनशक्तिको पनि खाँचो छ । यो कलेजबाट उत्तीर्ण हुने विद्यार्थीहरूले जिल्लाभित्रै सजिलै रोजगारी पाउनेमा आफू विश्वस्त रहेको उनको भनाई । कलेजले मेडिसिनतर्फ नेत्र सहायकसहित सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसी पनि पढाउँदै आइरहेका छ । यसै वर्षदेखि इन्जिनियरिङतर्फ डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन इलोक्टोनिक्स इन्जिनियरिङ र डिप्लोमा इन आर्किटेक्चर इन्जिनियरिङको पनि अध्यापन सुरु गरेको छ ।

 

तपाईको प्रतिक्रिया