Online Bichar
शनिबार, भाद्र २७, २०८३ | Saturday, September 12, 2026

पोखरा, ४ साउन २०८२ ।  सिद्धार्थ राजमार्गमा आइतबार (साउन ४) देखि रातिको समयमा सवारी चलाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै सवारी चलाउन रोक लगाएको हो ।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जारी गरेको विज्ञप्तिमा लामो दुरीका सवारीसाधनहरू दिउँसो ४ बजेभित्रै छुटिसक्नुपर्ने जनाइएको छ । गण्डकी प्रदेशको दोस्रो महत्त्वपूर्ण यो सडकमार्ग प्रयोग गरेर भैरहवा हुँदै भारतसम्म जोडिन्छ ।

यो सडकमार्गमा यात्रुवाहकदेखि मालवाहक सवारीको चाप छ । गण्डकीबाट लुम्बिनी हुँदै कर्णाली, सुदूरपश्चिम प्रदेशसम्म सवारी चल्ने गरेका छन् ।

यस्तै, छोटो दुरीका सवारीसाधन साँझ ५ बजेभित्रै कास्कीको प्रस्थान विन्दु छोरेपाटनबाट छुटिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, अझै केही समय गण्डकी प्रदेशका विभिन्न स्थानहरूमा मध्यमदेखि भारी वर्षा हुनसक्ने उल्लेख गरिएको छ ।

कार्यालयले मानवीय तथा भौतिक क्षति न्यूनीकरणको लागि जिल्ला सुरक्षा समिति, स्याङ्जासँगको समन्वय र जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट जारी सूचना समेतका आधारमा सिद्धार्थ राजमार्गमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

यस्तै, कार्यालय कास्कीकै काहुँखोला, सिक्लेस, घान्दु्रक, विरेठाँटी र ताङतिङसम्म चल्ने सवारीसाधनलाई पनि रातिमा चलाउन रोक लगाएको छ ।

कार्यालयका अनुसार, काँहुखोलादेखि सिक्लेस जाने सवारीसाधनहरू साँझ ५ बजेभित्र प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने छ । सिक्लेसदेखि काँहुखोला जाने सवारीसाधनहरू बिहान ५ बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने हुन्छ । साउन ८ गतेसम्मका लागि कार्यालयले यो सूचना जारी गरेको हो ।

पर्यटकीय गन्तव्य घान्दु्रक जाने सवारीसाधन पनि बिहानको हकमा ५ बजे र दिउँसो ४ः३० बजेभित्रै छुटिसक्नुपर्ने हुन्छ ।

“विरेठाँटीदेखि घान्द्रुक, विरेठाँटीदेखि उल्लेरी र लुम्लेदेखि लान्द्रुक जाने सवारीसाधनह मध्यम साँझ ५ बजेभित्र प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने, घान्द्रुकदेखि विरेठाँटी, उल्लेरीदेखि विरेठाँटी र लान्द्रुक देखि लुम्ले जाने सवारीसाधनह मध्यम बिहान ५ बजेपछि प्रस्थानविन्दुबाट छुट्न पाउने,” सूचनामा भनिएको छ ।

प्रशासनले काहुँखोलादेखि ताङतिङ जाने सवारीलाई ४ः३० बजेभित्र छुट्नुपर्ने र ताङतिङबाट काहुँखोला आउने सवारी बिहान ५ बजेपछि मात्र छुट्न पाउने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया